डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

  असोज १०, २०७७

काठमाडौँ असाेज १० : स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डा. गोविन्द केसीको समर्थनमा युवाहहरू हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमाु, दूरदराजमा मेडिकल शिक्षा खै? लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

तपाईको प्रतिक्रिया