काठमाडौं, असोज ९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६४५ जना नयाँ सङ्क्रमित पहिचान गरिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना नयाँ सङ्क्रमितको पहिचान भएको हो ।






