काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिए

  असोज ०८, २०७७

काठमाडौं, असोज ८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७५५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २२९ महिला र ३८० पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुष तथा भक्तपुरमा १२ महिला र ३९ पुरुषमा संक्रमितको पहिचान गरिएको छ ।

तपाईको प्रतिक्रिया