देशभर १४ सय ९७ जना संक्रमित थपिए, ४ सय ५७ जना डिस्चार्ज

  असोज ०८, २०७७

काठमाडौं, असोज ८ : नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ४५७ रहेको छ । हालसम्म ५० हजार ४११ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या देशभर देखिएको कुल सङ्क्रमितको ५० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा नेपालमा १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ हजार ८२३ कोरोना सङ्क्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया