उपत्यकामा २४ घन्टामा थप ६ सय ३७ कोरोना संक्रमित

  असोज ०७, २०७७

काठमाडौं, असोज ७ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।

मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया