आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए

  असोज ०४, २०७७

काठमाडौं, असोज ४ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७८, प्रदेश २ मा ७६, बाग्मती प्रदेशमा ८३८, गण्डकी प्रदेशमा ५३, प्रदेश ५ मा २०९, कर्णाली प्रदेशमा ३० तथा सुदूरपश्चिम प्रदेशमा ४१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार प्रदेश नं १ को उदयपुरमा १, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, झापामा ३, मोरङमा ६३ तथा सुनसरीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० तथा सिरहामा १८ जनामा कोरोना देखिएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाडौँमा ६०२, काभ्रेपलाञ्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१, मकवानपुरमा २४, सुन्धुलीमा १, ललितपुरमा ६४ तथा सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, बागलुङ १, स्याङ्जामा १ तथा लमजुङमा १८ जना कोरोना सङ्क्रमितको भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कर्णाली प्रदेशको सुर्खेतमा २९ तथा कालिकोटमा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १२, अछाममा १० तथा बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया