उपत्यकामा २४ घन्टामा थपिए ७ सय ११ कोरोना संक्रमित

  असोज ०३, २०७७

काठमाडौँ, असोज ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७ सय ११ कोरोना संक्रमित देखिएका छन् । २४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा २११ महिला र ३५९ पुरुष, ललितपुरमा ३० महिला र २८ पुरुष तथा भक्तपुरमा ३७ महिला र ४६ पुरुष सङ्क्रमितको पहिचान भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४४७ जना सङ्क्रमणमुक्त भएका छन् ।

२४ घन्टाको अध्यावधिक विवरणअनुसार शुक्रबार उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित देखिएका थिए । सोही अवधिमार ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गरिएकामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया