चितवन मेडिकल कलेजमा कोरोना पाेजेटिभ महिलाको मृत्यु

  असोज ०३, २०७७

चितवन, असोज ३ : कोभिड–१९ कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा शनिबार विहान एक महिलाको मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो । कोरोना पोजेटिभ महिला बिरामी भएपछि केही दिनदेखि अस्पतालमा उपचार गरिदै आएको थियो । विरामीलाई निमोनियालगायतको समस्या भएको अस्पतालका निर्देशक डाक्टर लम्सालले जानकारी दिनु भयो ।

जटिल अवस्था भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराउँदै आएको थियो । श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उहाको विहान ५ बजे मृत्यु भएको थियो । मृतक महिलाको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।

तपाईको प्रतिक्रिया