काठमाडौं उपत्यकामा एकैदिन ८ सय ५९ कोरोना भाइरस संक्रमित

  असोज ०२, २०७७

काठमाडौं, असोज २ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरका ९७ र भक्तपुरका ८२ जनालाई कोरोना पुष्टि भएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार २३८ पुगेको छ । उपत्यकामा एकैदिन धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । 

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला, काठमाडौँकै ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।

आज देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ६९३ जना पुगेको छ । जसमध्ये ४३ हजार ८२० उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८७१ जना डिस्चार्ज भए । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । २४ घण्टामा ११ हजार ४५८ सय जनाको पिसिआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया