बामदेब गौतम राष्ट्रियसभा सदस्य मनोनित, शपथ आजै हुने

  असोज ०१, २०७७

काठमाडौं, असोज १ : राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उहाँको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई राष्ट्रिय सभाका लागि मनोनीत गर्नुभएको हो ।

राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनीत गर्नुभएको बताउनुभयाे ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार नेता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साँझ ४ बजे सिंहदरवारमा पद तथा गोपनीयताको शपथ खुवाउनुहुनेछ ।

गत सोमबार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया