थप १५ सय ३९ कोरोना संक्रमित, १ हजार ६८ डिस्चार्ज, ८ को मृत्यु

  भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपालमा कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५८ हजार ३२७ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४२ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४१ हजार ७०६ पुगेको छ । 

आइसोलेसनमा कुल १६ हजार २४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८२० जना छन् ।

८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।

संख्या पुग्यो, डिस्चार्ज, को मृत्यु

तपाईको प्रतिक्रिया