काठमाडौं, भदौ ३१ : हाल भर्जिनिया निवासी सुकृति शर्मा र साइमन शर्माको सत्र पुष्पपत्र (सेभेन्टिन पिट्ल्स) नामक कथा संग्रह प्रकाशित भएको छ । अंग्रेजी भाषामा प्रकाशित सो पुस्तकको विक्रीबाट उठ्ने रकम नेपाल तथा अन्य स्थानमा रहेका शरणार्थी शिविरका बालबालिकाको स्वास्थ्य एबं शिक्षा सेवाका लागि सहयोग गर्न खर्च गरीने जनाइएको छ ।
किन्डल डाइरेक्ट पब्लिसिङ्गद्वारा बजार व्यवस्थापन गरिएको उक्त पुस्तकमा १७ वटा मिठासपूर्ण कथाहरू रहेको जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरू स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन,तत्परता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति जस्ता कुरालाको चर्चा छ रहेको जनाइएको छ ।
बढ्दो उमेरका बालबालिकाहरुका लागिलक्ष्य गरिलेखिएको उक्त पुस्तक पत्रकार, अखबारका सम्पादकहरूर विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि अत्यन्त सकारात्मक समीक्षाहरू प्राप्त गरिसकेकोछ ।