शाशंक कोइरालालाई आइसीयूमा भर्ना, रिम्डिसिभिर चलाइयो

  भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको र अहिले उहाँलाई रिम्डिसिभिर औषधि चलाइएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभयो ।

उहाँलाई डा.विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया