घुम्थाङमा पहिरोमा थप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता

  भदौ २९, २०७७

चौतारा, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ ।

पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

सोमबार सिँहवहादुर प्रधान, कुमार र सोनया विक सहित तीन शव पहिरोवाट निकालिएको हो ।

तपाईको प्रतिक्रिया