पहिरोले बस्ती बगाउँदा एक बेपत्ता, पाँच घरमा क्षति

  भदौ २९, २०७७

बागलुङ, भदौ २९ : बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ । पाँच घर पूर्ण रुपमा क्षति भएका छन् ।

अविरल वर्षाको कारण सोमबार विहान साढे ६ बजेको समयमा बस्तीमाथि रहेको सडकबाट झरेको पहिरोले घर भत्किँदा स्थानीय ६८ बषीइ हरिकृष्ण शर्मा बेपत्ता हुनुभएको हो ।

पहिरोले टुनीबोटका देवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री, र बेपत्ता हरिकृष्ण शर्माको घर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

आईतबार विहान पनि सोही ठाउँमा पहिरोले मणीभद्रपाध्याको घर भत्किँदा स्थानीय ६५ बर्षिय लक्ष्मीदेवी पाध्याको मृत्यु भएको थियो । घटना स्थलमा नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी कार्य सुरु गरेको जैमिनी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया