विराटनगर–१२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको वीपीमा मृत्यु

  भदौ २९, २०७७

विराटनगर, भदौ २८ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ १७ गते वीपीमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ः १८ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना भएका पुरुषको भदौ १६ गते प्रादेशिक जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा पीसीआर पोजेटिभ आएको थियो । योसँगै विराटनगरमा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया