काठमाडौं उपत्यकामा ५९७ जना कोरोना भाइरस संक्रमित पुष्टि

  भदौ २९, २०७७

काठमाडौं, भदौ २८ : काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ४८३ जना छन् । ललितपुरका ३३ र भक्तपुरका ८१ जना छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १७८ महिला र ३०५ पुरुष, ललितपुरमा १६ महिला र १७ पुरुष तथा भक्तपुरमा २२ महिला र ५९ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया