पाँच कम्पनीको स्यानिटाइजरमा रोक

  भदौ २८, २०७७

काठमाडौँ,  भदौ २८ : पाँच कम्पनीले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाएको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंँका चार र भक्तपुरका एक गरी पाँचवटा उद्योगले उत्पादन गर्ने ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौँंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल पाइएको जानकारी दिनुभयो ।

तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्रीवितरण रोक्न निर्देशन दिएको उहाँले बताउनुभयो । 

औषधि व्यवस्था विभागका प्रशासक नवीन मैनाली का अनुसार ती कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धि स्तर २०७६’ विपरित विषाक्त रसायन ‘मिथानोल’ समावेस भएको पाइएकाले तुरुन्तै कारवाहीगर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको हो ।

तपाईको प्रतिक्रिया