काठमाडौं उपत्यकाका ६ सय ९६ मा कोरोना भाइरस संक्रमण पुष्टि

  भदौ २६, २०७७

काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६९६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६२० जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरमा ३८ र भक्तपुरमा ३८ गरी उपत्यकाका तीन जिल्लामा ६९६ जना सङ्क्रमित थपिएका हुन् । काठमाडौंमा १९४ जना महिला र ४२६ जना पुरुष, ललितपुरमा १७ जना महिला र २१ जना पुरुष तथा भक्तपुरमा १७ जना महिला र २१ जना पुरुष सङ्क्रमितको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ४५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ९७२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म कुल ३६ हजार ६७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त घर भई फर्केका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ७०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया