कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट एकजनाकाे मृत्यु

  भदौ २६, २०७७

कपिलवस्तु, भदौ २५ : कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् । मिर्गाैला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ । जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।    

तपाईको प्रतिक्रिया