राजधानीमा पनि मनाइयो जितिया पर्व

  भदौ २६, २०७७

काठमाडौं, भदौ २५ : मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरीघाटमा पनि मनाइयो ।

सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा छन् ।

असोज कृष्ण अष्टमीका दिन गरिने यो पर्व मिथिलानी बुधबार राति १० बजेअघि ‘ओठङ्न’ ९अङ्गुठन पनि भनिन्छ, तीजको दर खाएजस्तै० खाएर शुरु गरेका हुन् ।

असोज कृष्णपक्ष पितृपक्षको अष्टमी शुरु हुनु एक घडी करिब साढे दुई घण्टा पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ ।

सोही परम्पारानुसार बुधबार राति १० बजेलगत्तै अष्टमी टेकेको हुँदा व्रतालुले ‘ओठङ्न’ त्यसपूर्व नै खाएका हुन् ।

तपाईको प्रतिक्रिया