काठमाडौं उपत्यकामा ५७६ जनामा कोरोना संक्रमण

  भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ५७६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा नयाँ थपिएका सङ्क्रमितमध्ये १४७ महिला र ३४८ पुरुष, ललितपुरमा २० महिला र २३ पुरुष तथा भक्तपुरमा १६ महिला र २२ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया