काठमाडौं, भदौ २५ : राजधानीमा भदौ ३ गतेबाट जारी निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा सवारी साधनको चाप बढेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सर्वाजनिक सवारी साधन (१६) सिट भन्दा माथिकालाई जोर विजोरका आधारमा चल्न दिने तथा फरक प्रकृतिका पसलहरु फरक बार खुल्न दिने निर्णय भएसँगै बजारका पसलहरु पनि खुल्न थालेका हुन ।






