पसल पालापालाे, १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जाेरविजाेर

  भदौ २४, २०७७

काठमाडौं, भदौ २४ : काठमाडौका उपत्यकाका तीनओटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप  परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो ।

त्यस्तै पसलहरूकाे हकमा फरक प्रकृितका पसलहरूलाइर् फरक दिनमा सञ्चालन गर्न पाउने व्यबस्था मिलाइएकाे छ । साे कुराकाे जानकारी काठमाडाे जिल्लाका प्रजिअ जनकराज दाहालले बताउनुभयाे 

मंगलबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,उद्योग वाणिज्य संघ, सरकारी चिकित्सक सम्मिलित भर्चुअल बैठक तथा उपत्यका मेयर फोरमले आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो निषेधाज्ञामा केही खुकुलो पारिएको हाे ।

भदौ २४ गते राति मध्यान्हसम्म लगाइएको निषेधाज्ञामा केही परिवर्तन गर्दै सवारी साधनहरुमा जोरविजोर प्रणाली लागू गरिएको छ ।

गृहमन्त्रालयले अनुमोदन गरेसँगै तीनओटा नै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरेर निशेषाज्ञाको मोडलमा परिर्वतन भएको सूचना जारी गरेका छन् । भदौ १७ गते तीनओटा जिल्ला प्रशासन कार्यालयले बुधबार रातिसम्म लागू हुने गरि जारी गरेका थिए ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

तपाईको प्रतिक्रिया