थप एक हजार ८१ मा संक्रमण, कुल संक्रमित ४९ हजार २१९

  भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : नेपालमा कोभिड–१९ का एक हजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् । प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२  जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछिल्लो २४ घण्टामा नाैसय १८ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँच हजार ४८० जना सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीन सय १२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया