काठमाडौं उपत्यकाका ३९६ मा सङ्क्रमणको पुष्टि

  भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा ३९६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३९६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा तीन सय, ललितपुरमा ३८ तथा भक्तपुरमा ५८ जना गरी ३९६ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक सय एक महिला र एक सय ९९ पुरुष, ललितपुरमा २१ महिला र १७ पुरुष तथा भक्तपुरमा २६ महिला र ३२ पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया