पुल्चोकमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनामा कोरोना संक्रमण

  भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : ललितपुरको पुलचोकमा बिहीवार रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण देखा परेको छ ।

उनीहरूमा कोरोना भाइरसको पुष्टि भएको जानकारी ललितपुर महानगरीय परिसरका डिएसपी सन्तोश तामाङले गोरखापत्र अनलाइनलाई दिनुभयो । विहीवार झडप हुँदा एक ट्राफिक प्रहरी घाइते हुनुभएको थियो ।

मत्यसेन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँगको झडपमा डिउटीबाट मोटरसाइकालमा आउँदै गरेका ट्राफिक प्रहरीमाथि केही युवाले कुटपिट गरेको भिडियो समाजिक सञ्जजालमा राखिए पछि त्यसको निकैआलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया