जुम्ला, भदौ २१ : कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालमा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजिटिभ आएको सांसद श्रेष्ठले टेलिफोेनमा जानकारी दिनुभएको छ ।
उहाँको आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको र नतिजा पाेजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पुष्टिसमेत गरेको छ । टेलिफोनमा सांसद श्रेष्ठले आफू अहिले जुम्लामा भएको बेला स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको र अहिले होम आइसोलेसनमा बसिरेहेको जानकारी दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य भएको जानकारी दिनुभयो ।
यसैगरी जुम्लामा शनिबार र शुक्रबार सांसद श्रेष्ठसहित थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार परीक्षण गरिएकामध्ये हिमा गाउँपालिका-३ का २७, ३५ र ५० वर्षीय तीन जना र चन्दननाथ नगरपालिका-८ का ३४ वर्षीय एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास कार्यालयको तथ्याङ्क छ ।






