थप नौ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २८९ पुग्याे

  भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २८९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार काठमार्डौँमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया