गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

  भदौ २१, २०७७

गोरखा, भदौं २१ : उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गोरखा दिएको जानकारी अनुसार शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५ वर्षीय वृद्धाको पिसिआर रिर्पोट पोजेटभ आएको हो ।

गोरखा नगरपालिका ७ धारापानी निवासी वृद्धा एक्कासी बेहोस भएपछि उहाँलाई शनिवार दिउँसो १२ः२० बजे गोरखा अस्पतालको आपत्तकालिन कक्षमा भर्ना गरिएको थियो । उहाँको परिवारका तीन जना सदस्यहरु शुक्रबार कोरोना पोजेटिभ भएको रिर्पोट सार्वजानिक भएपछि थियो । सोही अनुरुप उहाँको पनि शनिवार नै स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

आइतबार रिर्पोट पोजेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन नविन थापाले विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीको पनि स्बाब संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । उहाँहरुको भने रिर्पोट नआएकाले क्वारेन्टिनमा राखिएको छ ।

अस्पतालको आइसीयूमा उपचाररत व्यक्तिको मृत्यु भएपछि केही समय आइसीयू बन्द गरिएको थियो । निर्मलीकरण पछि अहिले भने आइसीयू सञ्चालनमा आइसकेको गोरखा अस्पतालले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया