काठमाडौँ, भदौ २० : नेपालका उद्योगपति विनोद चौधरी कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्विटरमार्फत आफू कोरोनामुक्त भएको जानकारी गराउनुभएको हो ।
उहाँलाई दश दिनअघि कोरोना सङ्क्रमण देखिएपछि एकान्तवासमा बस्नुभएको थियो । उहाँले आफूप्रति शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।






