काठमाडौं, भदौ २० : काठमाडौ उपत्यका निषेधाज्ञाले सुनसान छ । तर काठमाडौ जिल्लाकै उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगपालिकाको बालुवाखानी अर्थात लभडाँडो (प्रेम पार्क)मा भने अहिले पनि मानिसको चहलपहल छ ।
शहरका रेष्टुरेन्ट, पार्क स्वीमिङ्पुल बन्द छन् । आपसी प्रेम साट्न चाहाने जोडीका लागि डेटिङ जान यो ठाउँ निकै प्रख्यात छ । ढपक्कै फूलेका काँसका फूलबीच प्रेम साट्नेदेखि सेल्फी लिनेको एक प्रकारको भीड नै लाग्छ ।
काँस एक प्रकारको झार हो जुन तीन फिटसम्म लामो हुन्छ जुन दक्षिण एशियका नेपाल, भारत भूटान र बंगलादेशमा हिमाली क्षेत्रदेखि तराइसम्म पाइन्छ । उपत्यकामा जब काँस फूल्छ तव धेरैले दशैं आउनलागेको संकेतका रुपमा बुझने गर्छन् । बालुवाखानी लहलहाउँदो काँका फूलबीचमा रमाइ रहेका दृष्यलाई गोरखापत्र अनलाइनका फोटो पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।






