काठमाडौँ, भदौ १९ : नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा चार महिलासहित १४ जनाकाे कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंसहति नेपालभरी कोरोना भाइरस संक्रमणका कारण १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
काठमाडाैँमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा ३५ वर्षीया महिलाकाे काेराेनाकाे कारणले मृत्यु भएकाे छ । यस्तै, सप्तरीमा ५५ र ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्की ३१, नवलपरासीमा ३७, प्युठानमा ५८, रूपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसरी कोरोना भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ ।






