अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाद्वारा पदबाट राजीनामा

  भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो ।

अर्थ मन्त्रालयमा औपचारिक विदाई पछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर विदाई लिनुभयो । सो पछि प्रधानमन्त्रीलाई भेटेर राजिनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएको थियो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताए पछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो ।

तपाईको प्रतिक्रिया