चितवन, भदौ १९ : चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्यावमा गरिएको परिक्षणमा यो नतिजा आएको हो । जसमध्य भरतपुर महानगरपालिकामा ५६ जना, रत्ननगरका तीन, कालिकाका दुई, खैरहनीका चार र राप्तीका नौ जना रहेका छन् ।
भरतपुर अस्पतालको ल्यावमा परीक्षण गरिएको ३०२ नमुना मध्य चितवनका १७ र रौतहटका एकजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि चितवन मेडिकल कलेजको ल्यावमा गरिएको ७०३ जनाको परिक्षणममा ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यी स्वाव भरतपुर अस्पतालले सिएमसी पठाएको थियो । सिएमसी ल्यावमा कोरोना पोजेटिभ देखिएका मध्ये ५७ जना चितवनका र ३१ जना अन्य जिल्लाका छन् ।






