काठमाडौँ, भदौ १८ : रातो मच्छिन्द्रनाथ (करुणामय) को रथ तान्ने विषयमा दुई पक्षबीच झडप हुँदा एकजना प्रहरी र एक स्थानीयबासी घाइते भएका छन् । निषेधाज्ञा उल्लंघन गर्दै जवरजस्ती रथ तान्न खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।
घाइते प्रहरीको अल्का हस्पिटलमा र अर्का घाइते स्थानीयको पाटन हस्पिटलमा उपचार भइरहेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । अहिले रथ बाटोमै अलपत्र परेको उहाँले जानकारी दिनुभयो । झडपको विषयमा प्रशासन र सरोकारनिकायबीच सर्वपक्षीय बैठक बसिरहेको समेत उहाँले जानकारी दिनुभयो ।