निर्माण सामग्रीको पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय फिर्ता लिन आग्रह

  भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : हाल थप गरिएको निषेधाज्ञामा २ बजेदेखि ९ बजेसम्म निर्माण सामग्रीसम्बन्धी पसल र सवारीसाधन सञ्चालन गर्ने निर्णय फिर्ता लिन उपत्यका नगरपालिका फोरमले सरकारसँग आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गरी नगरपालिका फोरमले काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण र तथा मृत्युदरसमेत बढिरहेको सन्दर्भमा काठमाडौँलाई भयावह स्थितिबाट बचाउन कडा निषेधाज्ञाको आवश्यक रहेको ठहर गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ १८ गतेदेखि लागु हुने गरी थपिएको निषेधाज्ञामा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल व्यवसाय सञ्चालन गर्न सकिने… बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ ।’

निर्माणसम्बन्धी पसल व्यवसाय सञ्चालन गर्न दिएपछि निषेधाज्ञाको अर्थ नरहने भएकोले अत्यावश्यक वस्तु तथा सेवालाई बिहान ११ जबेसम्म मात्र खोल्न सकिने गरी अन्य समयमा पसल व्यवसाय सञ्चालनमा रोक लगाउने गरी निषेधाज्ञा आदेश सुधार गर्न ध्यानाकर्षण गरेको छ ।

साथै उपत्यकाको स्थानीय तहबाट सञ्चालन हुने अत्यावश्यकीयबोहक सेवा प्रवाह आगामी २४ गतेसम्म स्थगित गरिएको जानकारी गराएको छ । हिजो बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया