काठमाडौँ, भदौ १८ : ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्डसहित धर्ना दिएका छन् ।
बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।
पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको छ ।






