काठमाडौँ, भदौ १८ : सर्वमान्य नेता गणेशमान सिंहको सालिक रहेको राजधानीको रत्नपार्कस्थित शान्ति वाटिका कुरूप भएको छ । सरसफाइ र मर्मत सम्भारमा कसैको ध्यान नजाँदा वाटिका कुुरूप हुुँदै गएको हो ।
रानीपोखरीको दक्षिणतर्फ थोरै जग्गामा ठडिएको यो सालिक र परिसरको वाटिकालाई सुन्दर बनाउन कसैले चासो दिएको छैन । झारपातका झाडी र फोहोरले यो वाटिका कुरूप मात्र होइन सर्वमान्यको सालिकउपर नै उपहास गरे जस्तो देखिन्छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधान शान्ति वाटिका कुुरूप बन्दै गएको स्वीकार्नुुहुन्छ । उहाँ भन्नुुहुन्छ, वाटिका मात्र नभएर आसपासको सानो टुँडिखेल, रत्नपार्कको सार्वजनिक शौचालय र वीर अस्पताल पूर्वका पसलदेखि नै सुन्दर बनाएर शान्ति वाटिकालाई मनमोहक बनाउन सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।
प्रधानका अनुसार २०६३ सालमा सालिक खडा गरेर वाटिका बन(ाइएपछि काठमाडौँ महानगरपालिकाले यसको रेखदेख र संरक्षण गर्ने गरी तोकिएको थियो तर अहिले महानगरपालिकाले बेवास्ता गरेको उहाँको भनाइ छ ।
काठमाडौँ महानगरका उपप्रमुख हरिप्रभा खड्गीले महानगरको सम्बन्धित शाखालाई तत्काल वाटिकामा भएका झारपात हटाएर सुन्दरता कायम गर्न निर्देशन दिइएको बताउनुभयो । शान्ति वाटिकाले ओगटेको करिब तीन रोपनी जग्गामा नै सार्वजनिक शौचालय बनाइएकाले वाटिका क्षेत्र प्रभावित भएको उहाँको गुनासो छ ।






