पर्सामा सात दिनमा ३६९ संक्रमणमुक्त

  भदौ १७, २०७७

वीरगञ्ज, भदौ १७ : पर्सा जिल्लामा पछिल्लो केही दिन यता फेलापर्ने नयाँ संक्रमित संख्या घट्दोक्रममा रहेको देखिन्छ भने कोरोनामुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ ।

भाद्र १६ गते सम्म कुल दुई हजार २११ संक्रमित फेला परिसकेको पर्सा जिल्लामा पछिल्लो सात दिनमा कोरोनामुक्त भई घरफर्किनेको संख्या आशलाग्दो देखिएको हो । भाद्र १० गते देखि १६ गते सम्मको सात दिने अवधीमा ३६९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो ७ दिनमा ३६९ जना संक्रमित उपचारपश्चात संक्रमण मुक्त भई घर फर्किएका छन् भने सोही अवधिमा थप २१४ जना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितहरुको संख्याभन्दा कोरोनामुक्त हुनेको संख्या १५५ ले बढी रहेको छ ।

पछिल्लो ७ दिन मध्ये भाद्र ११ गते सबैभन्दा बढी विभिन्न उमेर समूहका १०३ जना संक्रमितहरु उपचारपश्चात संक्रमण निको भई घर फर्केका थिएभने त्यस दिन थप२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तैगरी भाद्र १० गते विभिन्न उमेर समूहका ६६ जना उपचारपश्चात निको भई घर फर्केका थिएभने त्यसदिन थप १९ जनामा कोरोना पुष्टी भएको थियो ।

त्यसरी नै भाद्र १३ गते विभिन्न उमेर समूहका ६१ जना संक्रमण निको भई घर फर्केकामा जिल्लामा थप ३१ जनमा संक्रमण पुष्टी भएको थियो । त्यस्तैगरी भाद्र १४ गते विभिन्न उमेर समूहका ३७ जना निको भई घर फर्केका ४७ जनामा संक्रमण पुष्टी भएको थियो ।

त्यस्तैगरी भाद्र १२ गते विभिन्न उमेर समूहका ३९ जना निको भई घर फर्केका र थप ४२ जनामा संक्रमण पुष्टी भएको थियो । भने भाद्र १४ गते विभिन्न उमेर समूहका ३७ जना निको भई घर फर्केका थिए भने थप ४७ जनामा संक्रमण पुष्टी भएको थियो । त्यसरी नै भाद्र १५ गते विभिन्न उमेर समूहका २१ जना निको भई घर फर्केका थिएभने थप ३४ जनामा कोरोना पुष्टी भएको जम्मा भएको थियो । भाद्र १६ गते पनि उमेर समूहका ४२ जना निको भई घर फर्केका कोरोना मुक्त भई घर फर्केकाको थप नयाँ संक्रमितहरु ३४ भेटिएका थिए ।

पर्सामा संक्रमित हुनेहरुमा २४ जना भारतीय नागरिक, १३५ जना स्वास्थ्यकर्मी, १०८ जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी , १०७ कैदी थुनुवा , ४९ जना अस्पताल सफाइकर्मी, गार्ड , का.स. र ३ जना एम्बुलेन्स चालक रहेको र पर्सामा २ हजार २ सय ११ जना कोरोना संक्रमत पुष्टि भएकों जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया