पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रु

  भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात हिजो भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।

तपाईको प्रतिक्रिया