पर्सा भदौँ १७ : जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद र जनही। एकसय रुपियाका दरले जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गरी पसल सञ्चालन गर्ने श्याम साह कानु, मनिस कुमार कापर, सञ्जित साह कानु, नवनित कुमार कुश्वाहा, श्याम प्रसाद श्रेष्ठ र सुनिल गिरीलाई जनही एक महिना कैद र रुं एकसयका दरले जरिवाना गरीएको जानकारी दिनुभयो । उहाँले कैद वापतको रकम प्रति दिन तीनसयका दरले रु ९ हजार र जरिवाना एक सय गरि जम्मा ९ हजार एकसय बुझाएर सोही दिन छाडिएको बताउनुभयो ।
प्रजिअ तामाङले रेडजोनमा रहेको पर्सा जिल्लामा बुधबारदेखि नो मास्क नो मुभलाई अभियानकै रुपमा सञ्चालन गर्ने र तोकीएको सवारी साधन बाहेकका सवारी चलाउनेहरु माथि कडाईका साथ सत्रंmमण रोग नियन्त्रण ऐन अन्तरगत कार्यवाही गरिने जानकारी दिनुभयो ।
बन्दका कारण सर्वसाधारणको पिरमार्का तथा जनजीवन प्रभावित भएको कुरा स्थानीय प्रशासनको जानकारीमा रहेकोले जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्ज उद्योग बाणिज्य सङ्घको समन्वयमा शुक्रबारदेखि निषेधाज्ञालाई केही सहज र खुल्ला गर्ने सुचना समेत जारी गरिसकेको अवस्थामा केही ब्यवसायीहरु निजी स्वर्थका लागि आफ्नो र सर्वसाधारणहरुको स्वस्थ्य प्रति सचेत नभई निषेधाज्ञाको अवज्ञा गर्ने गरेकोले बाध्यभई कार्यवाहीको प्रक्रिया अगाडी बढानुपरेको प्रजिअ तमाङको भनाई छ ।






