आजदेखि सोह्रश्राद्ध सुरु

  भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई असोज ११ गते समापन हुँदैछ ।

औँसीमा सङ्क्रान्ति परेका कारण असोज २ देखि भने एक महिना हुने अधिक मास अर्थात् पुरुषोेत्तम मास पर्न जाँदा दसैँ पर सरेको छ । कोेभिड–१९ ले एकछत्र रजाइँ गरिरहँदा चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएन । श्राद्धादि कर्म पनि सकेसम्म कोरोनालाई ख्याल गरी घरैमा गर्नुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया