बागलुङ, भदौ १७ : बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ मंगलबार साँझ परेको चट्यान लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । अविरल वर्षासँगै साँझ साढे ६ बजेको समयमा परेको चट्यान लागेर स्थानीय ५० बर्षिय अशोक बुढाको मृत्यु भएको हो ।
स्थानीय धनबहादुर बुढाको पसलमा गएका बुढालाई घरफर्कने क्रममा चट्यान लागेको इलाका प्रहरी चौकी भिमगिठेका प्रहरी नायव निरीक्षक रिणबहादुर वैदवारले जानकारी दिनुभयो । चट्यान लागेर बाटोमा वेहोसी अवस्थामा फेला पर्नुभएका बुढालाई घाईते अवस्थामा घर लगेको र राती साढे ९ बजे मृत्यु भएको थियो ।
चट्यान लागेर सोही स्थानका १४ बर्षिय विरेन बुढा र ३१ बर्षिय खेमबहादुर कामी घाईते भएको प्रहरी नायव निरीक्षक वैदवारले बताउनुभयो । घाईते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटना स्थल प्रहरी चौकीदेखि करिव २३÷२४ किलो मिटर टाढा रहेको र निरन्तर पानी परेको हुँदा बुधबार बिहानै प्रहरी घटना स्थलतर्फ हिडेको प्रहरी नावय निरीक्षक वैदवारको भनाई छ ।






