कोरोना भाइरस संक्रमणका कारण थप सात जनाको मृत्यु

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । यसरी सोमबारसम्म कोरोना भाइरसका कारणले मृत्यु भएकाको सङ्ख्या दुई सय २८ पुगेको छ ।

एकजना बालिकासहित तीनजना महिला र चारजना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

महोत्तरीमा चारवर्षीया बालिका, गोरखामा ६५ वर्षीया र रुपेन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, झापमा ४७ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७९ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

तपाईको प्रतिक्रिया