काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि

  भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकाका थप ४२९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँका ३७२ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४२९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा १२ हजार ७१७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया