पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु

  भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

भक्तपुरकी महिलाको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उहाँ भदौ ८ गते उपचारका लागि भर्ना हुनुभएको थियो । आईसीयूमा उपचाररत उहाँको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा निधन भएको छ । उहाँ साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया