देशभरि ६ हजार २०१ शय्या थपियो

  भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह मातहातका अस्पतालमा छ हजार २०१ शय्या थपेको छ । कोभिड–१९ महामारीका बेला उपचारका लागि शय्या अभाव हुने गुनासो बढिरहँदा मन्त्रालयले देशभरि छ हजार २०१ शय्या थपेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संघ मातहात एक हजार, प्रदेश मातहात एक हजार नौ सय ५७ र स्थानीय तह मातहात तीन हजार २४५ शय्या थप्ने निर्णय भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार शय्यासँग जनशक्ति समेत व्यवस्थापन गरिनेछ ।

मन्त्रालयका अनुसार हाल ६४९ स्थानीय तहमा अस्पताल छैन् । मन्त्रालयले अस्पताल नभएका ती स्थानीय तहमा पाँच शय्याको व्यवस्थापनसँगै जनशक्ति राख्ने निर्णय गरेको प्रवक्ता गौतमले बताउनुभयो ।

सबै अस्पताल नहुने स्थानीय तहमा पाँच शय्याको दरले तीन हजार २४५ शय्या व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । साबिकका १४ अञ्चल अस्पतालहरुमध्ये केहीलाई केन्द्र सरकार मातहात राखिएको छ । केही प्रदेशको सामाजिक विकास मन्त्रालय मातहात छन् ।

तपाईको प्रतिक्रिया