बनेपा नपामा एउटै वडाका १०३ मा सङक्रमण

  भदौ १२, २०७७

काभ्रे, भदौ १२ : जिल्लाको बनेपा नगरपालिका वडा न १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल दुई सय २२ सङक्रमित मध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।

शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङघीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको उक्त क्षेत्रमा सङक्रमणको दर बढ्दो छ । वडाले उक्त क्षेत्र सिल गरेको भए पनि प्रयाप्त सुरक्षा बिधि नअपनाउँदा सङक्रमण दर बढ्दो रहेको छ ।

इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । यो सँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टिको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले उक्त क्षेत्रमा कोरोना सङक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मी परिचालित गरिएको बताउनुभयो । उहाँले नागरिकलाई सचेत रहन अपिल गर्नुहुँदै समुदाय र नागरिक समाजको सहयोगले मात्र सङक्रमण नियन्त्रणमा लिन सकिने भन्दै सहयोगको आग्रह गर्नुभयो । जिल्लाको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी सहित ३१ जनामा सङक्रमण भइसकेको छ भने २२ प्रहरीमा सङक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया