बुटवल, भदौ १२ : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा-४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । उहाँ भदौ ७ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा उच्च रक्तचापको समस्या थियो ।






